संस्थागत विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने

काठमाडौं महानगरपालिका  शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई  आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ ।

विभागले विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउन परिपत्रमा निर्देशन दिएको छ ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ९संशोधन सहित० मा व्यवस्था भए अनुसार विद्यालयलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशिकामा यस्तो व्यवस्था हुँदाहुँदै पनि कतिपय विद्यालयले विद्यार्थी तथा अभिभावकलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न वाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयले अनिवार्य रुपमा निर्देशिका बमोजिम गर्न गराउन निर्देश दिएको उक्त परिपत्रमा उल्लेख गरिएको छ ।

नियम उल्लघन भए गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारवाही गरिने र सो को जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने पत्रमा उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal