त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

२०७७ माघ २५ गतेदेखि २०७७ फागुन २७ गतेसम्म र २०७८ कार्तिक २८ गतेदेखि २०७८ मार्ग १६ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागी भई उत्तिर्ण भएका उम्मेदवारहरू मध्ये योग्यताक्रमका आधारमा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि नाम सिफारिस गरेको हो ।

लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये त्रिभुवन विश्वविद्यालय कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिश सम्बन्धी विनियम, २०७३ मा भएको व्यवस्था बमोजिम परीक्षामा उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि प्रतियोगीलाई छनोट गरेको छ ।

अन्य सेवा समूहका पदहरूको नतिजा क्रमशः आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । योग्यता क्रममा पर्न सफल उम्मेदवारहरूको प्रयोगात्मक परीक्षा मिति २०७९ असार २८ गतेदेखि र अन्तर्वार्ता सम्बन्धी कार्यक्रम २०७९ असार २९ गतेदेखि सञ्चालन हुनेछ । 

सेवा आयोगको कार्यालयबाट २०७६ मार्ग १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरु खल्ला तथा समावेशी प्रतियोगिताको माध्यमद्वारा पदपूर्ति गर्ने सन्दर्भमा २०७७ माघ २५ गते देखि २०७७ फागुन २७ गतेसम्म र २०७८ कार्तिक २८ गते देखि २०७८ माघ १६ गते सम्म सञ्चालित लिखित परीक्षामा सहभागी भई उत्तिर्ण भएका उम्मेदवारहरुमध्ये योग्यताक्रमका आधारमा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि छनोट हुन सफल उम्मेदवारहरूको प्रयोगात्मक परीक्षा २०७९ असार २८ गते त्रिवि. इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान ११ बजे देखि सञ्चालन हुने भएको छ ।

नतिजा हेर्नुहोस्ः

प्रयोगात्मक परीक्षा सहभागी हुने परीक्षार्थी

लिखित परीक्षाको नतिजा

Degrees offered in nepal
Counseling
Bachelors Portal