प्राधानाध्यापक पौडेलको तनुजाको विमोचन

निल बाराही माविका प्रधानाध्यापक तथा साहित्यकार डा. जानुका पौडेलद्वारा लिखित कथासंग्रह ‘तनुजा’को विमोचन गरिएको छ ।  संग्रहमा कूल एक सय ८२ पृष्ठको सो कृतिमा २० कथा रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित एक समारोहमा साहित्यकार प्राडा व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालालगायतले संयुक्त रुपमा  पुस्तक विमोचन गरेका छन् । 

एक्काइसौं शताब्दीका किशोरमैत्री कथा समेटिएको संग्रह ‘तनुजा’बारे प्राडा आचार्य, साहित्यकार विजय चालिसे, डा. रेनुका सोलु, खगराज बराललगायतले  पुस्तकका बारेमा चर्चा गरेका थिए । 

लेखक डा. पौडेलले पुस्तकमा विद्यालय शिक्षामा किशोरावस्थाका विद्यार्थीका खुशी, दुःख, पीडा उनीहरूको उमेरका कारणले उत्पन्न हुने मानसिक असन्तुलन, पारिवारिक समस्या, व्यक्तिगत समस्या आदिको सँगालो समेटिएका कथा समेटिएका बताइन् ।

विभिन्न संघसंस्थामा आवद्ध पौडेल अन्तर्राष्ट्रिय नेपाली समाज भाषा एवम् साहित्य समितिकी अध्यक्ष समेत हुन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal