त्रि विका कर्मचारीहरूले अन्यत्र काम गर्न पूर्वस्वीकृति लिनुपर्ने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न अध्ययन संस्थान र संकायहरूका डीन कार्यालय तथा आङ्गिक क्याम्पसहरू, केन्द्रीय विभागहरू, अनुसन्धान केन्द्रहरू, शिक्षण अस्पतालहरू, केन्द्रीय कार्यालय लगायत त्रिविका अन्य निकायहरूमा कार्यरत पूर्णकालीन शिक्षक कर्मचारीहरूले अन्यत्र कुनै पनि निकाय वा संस्थामा आंशिक रूपमा काम गर्न चाहेमा त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

आफू कार्यरत निकायमा तोकिएको सिफ्ट बाहेक अन्य समयमा अन्यत्र कुनै निकायमा काम गर्न चाहने इच्छुक शिक्षक कर्मचारीहरूले यस निर्देशनालयबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनह त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयले सम्बन्धित सबैलाई सूचित गरेको छ । साथै पूर्वस्वीकृति नलिएका त्रिविका शिक्षक र कर्मचारीहरूलाई काममा नलगाउनुहुन समेत सम्बन्धित निकायलाई विश्वविद्यालयले जानकारी  गराएको छ । पूर्वस्वीकृतिका लागि अनुमति माग गर्ने फाराम आफू कार्यरत निकाय/अनुगमन निर्देशनालय वा त्रिविको वेबसाइट www.tu.edu.np बाट प्राप्त गर्न सकिनेछ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal