पोखरा विश्वविद्यालयले आफ्नो कार्यक्रम विस्तार गर्ने (विस्तृत विवरणसहित)

पोखरा विश्वविद्यालयले आफ्नो सम्बन्धन तथा कार्यक्रम थप गर्ने भएको छ । विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त कलेजहरूको कार्यक्रम थप, समूह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको हो।

विश्वविद्यालयको भदौं २९ गतेको कार्यकारी परिषद्को निर्णय अनुसार नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त गरेका कलेजको कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको साउन १४ मा सम्पन्न २२ औं साधारण सभाको बैठकले विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेका कलेजहरुको विशिष्टिकरण तथा कार्यक्रम प्रतिस्थापनको कार्य सम्बन्धि महाविद्यालय, कलेजहरुलाई स्वैच्छिक अवसर दिई सो को प्रक्रिया अगाडि बढाउन स्विकृत दिने निर्णय भए अनुसार कार्यकारी परिषद्ले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी नयाँ शैक्षिक संस्थाका लागि कार्यक्रम सञ्चालन गर्न इच्छुक सातै प्रदेशका शिक्षण संस्थाबाट आवेदन माग गरेको छ । संचालनका लागि इच्छुक शैक्षिक संस्थाहरुबाट भदौं ३० गतेदेखि कार्तिक २ गतेसम्ममा आवेदन दिनुपर्ने सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

साथै सम्बन्धान प्राप्त गरेका कलेजको कार्यक्रम थप, समूह थप र विद्यार्थी सिट संख्या थपका लागि भदौं ३० गतेदेखि कार्तिक ९ गतेसम्ममा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धनका लागि दरखास्त आवेदन फारम

प्राविधिक प्रस्ताबको ढाँचा

सम्बन्धन सम्बन्धी नियमावली, २०५६

सम्बन्धन दिनेसम्बन्धी नीति२०५६

सम्बन्धनसम्बन्धी कार्यविधि, २०६६

Degrees offered in nepal
Counseling
Bachelors Portal