विद्यालयमा राजनीति गर्नु अपराधः  प्रमुख बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा विभागमा लगाएको ताला काटेको सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै उनले  ‘दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।’ भनेका छन् ।

उनले आफ्नो स्टाटसमा ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।’

महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले हिजो ताला लगाएको थियो ।महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने, गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal