सरकारको निर्णय विपरीत नजान निजी विद्यालयलाई प्याबसनको आग्रह

सरकारको निर्णय विपरीत केही विद्यालयले नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको हुँदा तत्काल बन्द गर्न निजीतथाआवासीयविद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले अपील गरेको छ ।

प्याब्सनले आज एक प्रेस विज्ञप्ति प्रकासित गरी यो विषम परिस्थितिमा यस्ता कार्य तत्काल बन्द गरी कोरोना भाइरस विरुद्धको अभियानमा सहभागी हुन प्याव्सन केन्द्रिय कार्य समितिले सबैलाई आग्रह गरेको छ ।

कारोना भाइरस विश्व भरी नै महामारीको रुपमा फैलिएको विषम् परिस्थितिमा नागरिकलाई जोगाउने कर्तव्य जति नेपाल सरकारको हो त्यसभन्दा बढि आफु र आफ्नो समाजलाई स्वस्थ राख्न सबै जिम्मेवार भएको हुनाले सबै देशवासी एकढिक्का भएर महामारीबाट बच्न नेपाल सरकारले गरेको निर्णयलाई साथदिन विज्ञप्तिमार्फत् सबैलाई आग्रह गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal