महानगरका विद्यालयमा पूर्व-स्वीकृति बिना जान नपाइने

काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयलाई परिपत्र गरेको छ । विभिन्न संघ संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको हुँदा महानगर शिक्षा विभागले विद्यालयलाई पूर्व स्वीकृति बिना विद्यालयमा प्रवेश नगराउन पत्राचार गरेको छ ।

विभागले जारी गरेको परिपत्रमा विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसंग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन उल्लेख गरिएको छ ।

शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यालय तथा अभिभावकबाट  बारम्बार आएको हुनाले पूर्व स्वीकृति बेगर विद्यालयमा प्रवेश अथवा कसैलाई आमत्रण गर्नै पर्ने भएमा विभागलाई पूर्व जानकारी गराएर मात्रै प्रवेश गराउन निर्देशन दिएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal