मुसोमाले २७ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) वीरेन्द्रनगर सुर्खेतले परीक्षा स्थगित गरेको छ । मुसोमाले एक सूचना प्रकाशित गरी भदौ २७ गतेदेखी संचालन गर्ने गरी तय भएका परीक्षा कार्यक्रमहरू स्थगित गरेको हो ।

मुसोमाले विश्वविद्यालयमा जारी असहज परिस्थितिका कारण सो मितिमा सञ्चालन गर्ने भनिएको परीक्षा कार्यक्रमहरु अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि मुसोम परीक्षा संचालक समितिको आजको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुसोमाले सूचना जारी गरी जानकारी दियो ।

उपरोक्त परीक्षाहरुको तालिका विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिनको अग्रिम सूचना प्रकाशित गरी पुनः प्रकाशित गरिने सो सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal