विपन्न लक्षित छात्रवृत्तिका लागि बैंक खाता खोल्ने समय थप

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम  छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका लागि बैकखाता खोली केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्ने समय थप गरेको छ । यस अघि कार्तिक मसान्त सम्म बैंक् खाता खोलि विवरण अद्यावधिक गराउने निर्देशन दिएको केन्द्रले म्याद थग गर्दै मंसिर मसान्तसम्म म्याद थप गरेको हो ।

सामुदायिक विद्यालयको कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण  कार्तिक मसान्त सम्म अद्यावधिक भइरहेको हुँदा थप एक् महिना म्याद थप गरिएको जनाएको छ ।

सो छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा फारम भरेका र शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अध्ययनरत रही सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीहरुले पनि केन्द्रको एकीकृत सूचना व्यवस्थापन प्रणालीमा बैंक खाता विवरण अद्यावधिक गरेको हुनुपर्ने हुँदा विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal