मन्त्री पुन र बेलायती राजदूतबिच भेटवार्ता, शैक्षिक सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

बेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) मा बेलायतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उक्त भेटघाटमा डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउने र बेलायतद्वारा समर्थित विभिन्न परियोजनाहरूमार्फत समावेशी रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने साझा प्राथमिकताहरूमा जोड दिइएको नेपालस्थित बेलायती दूतावासले जानकारी दिएको छ।

भेटमा बेलायतको सहयोगमा सञ्चालित समर्थ, नेपाल इन बिजनेस र ग्रीन ग्रोथ नेपाल जस्ता परियोजना तथा पहलहरूमार्फत यी प्राथमिकताहरूलाई अघि बढाउने विषयमा छलफल भएको थियो।

Degrees offered in nepal
Counseling
Bachelors Portal