त्रिविका २३ वटा सम्बन्धन प्राप्त क्याम्पसले एमबीएस कार्यक्रम सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले व्यावस्थापन संकाय अन्तर्गत २३ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत प्रदान गरेको छ।

विश्वविद्यालय कार्यकारी परिषद्को गत असार २८ गतेको निर्णयले शैक्षिक सत्र २०७८-७९ देखि एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको हो । सम्बन्धन प्राप्त गर्ने कलेजहरुमा उपत्यका बाहिर २१ र काठमाडौंका दुई ओटा कलेज रहेको व्यवस्थापन संकायले जानकारी दिएको छ ।

स्वीकृत प्राप्त कलेजले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैंक भौचर सहित साउन १० गते भित्र डीनको कार्यलयमा निवेदन पेश गर्न त्रिविले सूचना जारी गरेको छ । सम्बन्धन प्राप्त कलेज मध्ये काठमाण्डौं उपत्यका भित्रका कलेजले पाँच लाख र उपत्यका बाहिरका कलेजले दुईलाख पचास हजार सम्बन्धन शुल्क बुझाउनु पर्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal