अनुसन्धानका लागि विद्यार्थीहरु मार्दी हिमाल प्रस्थान

लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत सञ्चालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।

विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली सोतर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा सफलताको कामना गर्दै यस प्रकारको विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्यले विद्यार्थीहरुको अनुसन्धानको पाटोलाई सहयोग पुर्याउनुका साथै जिवनोपयोगी रहने बताए ।

अनुसन्धानका सिलसिलामा विद्यार्थीहरुले पोखरा, घान्द्रुक, मार्दी हिमाल क्षेत्रको पर्यटकीय सम्भावना तथा चुनौती, ट्रेकिङ रुटको चुनौती, स्थानीय रोजगार तथा आतिथ्यता, स्थानीय कला संस्कृतिको जगेर्ना, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरूमा अनुसन्धान गर्ने, प्रतिबेदन तयार पार्ने र सोही स्थानमै स्थानीय समुदाय समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal