पालिकाहरुले आफूखुशी शिक्षक सरुवा

पालिकाहरुले आफूखुशी शिक्षक नियुक्ति तथा सरुवा गर्न थालेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले त्यसो नगर्न निर्देशन दिएको छ ।

पर्वत, उदयपुर लगायतका पालिकाले शिक्षक नियुक्ति तथा सरुवा गर्न थालेपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले केन्द्रसमक्ष लिखित रुपमा गुनासो गर्न थालेका छन् । सो गुनासाका आधारमा केन्द्रले त्यस्तो नगर्ने निर्देशन दिएको हो ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले अन्तरपालिका र जिल्लान्तर सरुवा गर्न कानुनी रुपमा पालिकाको अधिकार नभएको बताउँदै भने, “गुनासा आएका जिल्लामा मात्र परिपत्र गरेका छौँ ।”

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षक सरुवाको अधिकार पालिकालाई दिइएको छैन । त्यसैले हालसम्म पनि शिक्षा ऐन र नियमावलीअनुसार शिक्षक नियुक्ति र सरुवाको अधिकार एकाइमा निहित रहेको भनाइ केन्द्रको छ । पालिकाभित्र शिक्षक सरुवा गर्न कानुनी रुपमा कुनै बाधा नरहेको भनाइ केन्द्रको छ ।

दुवै विद्यालय र पालिकाको सहमतिपछि एकाइले शिक्षक सरुवा गर्न पाउने व्यवस्था भए पनि पालिकाको युवा तथा खेलकुद शाखाले समेत शिक्षक सरुवा गर्ने गरेको पाइएको छ ।

हालसम्म सरुवा गरिएकाहरुको हकमा के गर्ने भन्ने टुङ्गोमा केन्द्र पुगेको छैन भन्दै शाखाका निर्देशक कोइराले भने, “परिपत्रभन्दा पछाडि त्यस्तो गरेको पाइएमा त्यसलाई मान्यता दिइने छैन ।”   

Degrees offered in nepal
Counseling
Bachelors Portal