केयुले तीनओटा शिक्षालयबाट प्राविधिकधारका शिक्षक उत्पादन गर्ने

काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयको अध्यापन तीनओटा शैक्षिक प्रतिष्ठानबाट गर्ने भएको छ ।

केयुले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियरङ र आइटी विषय पठनपाठन गराउनका लागि बुटवल प्राविधिक प्रतिष्ठान (बीटीआई), जानकी कलेज फर प्रोफेसनल स्टडीज र सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानसंग सम्झौता गरेको हो ।

फोटोः काठमाडौं विश्वविद्यालय

सम्झौता अनुसार बीटीआईमा स्नातक तहको जनरल मेकानिकलका कक्षा सञ्चालन गर्ने भएको छ भने, जानकी कलेज फर प्रोफेसनल स्टडिजले सूचना प्रविधि र बीटेक एड आईटीका कक्षा सञ्चालन गर्ने भएको छ ।

त्यस्तै, सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानले सिभिल इन्जिनियरिङ र बिटेक एड सिभिल इन्जिनियरिङ स्नातक तहको कक्षा सञ्चालनका लागि सम्झौता गरिएको केयुले जानकारी दियो ।

औपचारिक कार्यक्रमका विच भएको सम्झौतामा केयुका तर्फबाट रजिष्ट्रार प्राडा सुबोध शर्माले हस्ताक्षर गरेका छन् भने बुटवल प्राविधिक प्रतिष्ठानका तर्फबाट सञ्चालक समितिका अध्यक्ष शिवराज सुवेदी, जानकी कलेज फर प्रोफेसनल स्टडीजका अध्यक्ष पंकज जालानले हस्ताक्षर गरेका छन् । त्यसैगरी सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानका तर्फबाट सचिव गोविन्द गजुरेलले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा उपकुलपति प्राडा भोला थापा, संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा, रजिष्ट्रार प्राडा शर्मा, स्कुल अफ एजुकेसनका डीन प्राडा बालचन्द्र लुईटेल, स्कुल अफ इन्जिनियरिङका प्राडा मनिष पोखरेलको उपस्थिति रहेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal