शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका

२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी आएका प्रस्ताव मध्ये शिक्षा सम्बन्धी आठओटा कार्यविधि बनाउने सैद्धान्तिक गरेको छ ।

बैठकमा विधायन समितिका सदस्य एवं वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले, ८ वटा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावमा ‘विद्यालय शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८०’,  र ‘स्रोत शिक्षक नियुक्ति कार्यविधि २०८०’ समावेश गरिएको थियो । 

बैठकबाट कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएका कानुनहरु मा  शिक्षकहरुको सुनौलो अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०, पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन कार्यविधि, २०८०, शैक्षिक परामर्श केन्द्र, मन्टेश्वरी–पूर्व प्राथमिक विद्यालय, ट्युसन–कोचिङ् सेन्टर दर्ता सञ्चालन सम्बन्धी कार्यविधि, २०८०, संस्थागत विद्यालयको स्तरीकरण, शुल्क निर्धारण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८०, सुन्दर विद्यालय आयोजना सञ्चालन कार्यविधि, २०८० र   शिक्षा नियमावली, २०८० रहेका छन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal