कान्तिपुर हिसान एडुफेयर आजका लागि बन्द, अनुमति नलिए सधैलाई बन्द गर्नुपर्ने

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गरेको छ। महानगर प्रहरीले आज मेला स्थलबाट कागज पत्र जफत गर्दै मेला बन्द गरिदिएको छ । प्रक्रिया पूरा नगरी शैक्षिक मेलाको आयोजना गरिएको भन्दै बन्द गराएको हो ।

महानगरको निर्देशन अनुसार एसईईको नतिजा सार्वजनिक नभइ विद्यार्थीहरूसँग शुल्क र विद्यार्थीहरूको विवरण लिइन पाइँदैन। तर, मेला स्थलबाटै विद्यार्थी भर्ना लिएको तथा अन्य भर्ना जन्य गतिविधि सञ्चालन गरेपछि मेला बन्द गरेको हो ।

महानगरपालिकाले आज बन्द गरिएको मेला भोलि देखि प्रकृया  गत रुपमा अनुमति नलिएमा सधैलाई बन्द गर्नु पर्ने निर्देशन दिएको छ । महानगरले आयोजकलाई बार्ताका लागि बोलाएको महानगर शिक्षा विभागले जानकारी दियो । वार्ताका लागि साझसम्म हिसानका प्रतिनिधि नगएमा महानगर सधैलाई मेला बन्द गर्न पक्षमा पुगेको महानगर उच्च स्रोतले जानकारी दियो ।

कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त रूपमा मेलाको आयोजना गरेका थिए। यो मेला आठौं संस्करणको हो । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ मेला भृकुटीमण्डपमा चार दिनका लागि तय गरिएको थियो ।

एडुफेयरमा विभिन्न विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र गरेर ७५ बढी शैक्षिक संस्थाको सहभागिता रहने भनिएको थियो । शैक्षिक मेलाको बिहिबार बिहान सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal