फोर्ब्स कलेजमा अन्तर कलेज तीन प्रतियोगिता सम्पन्न

विगत वर्ष झैँ  यस वर्ष पनि भरतपुर -२ , क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अन्तर कलेज  क्वीज, पावर पोइन्ट प्रीजेन्टेसन एन्ड कुलिनरी कुकिङ फेस्ट २०२० सिजन ३ सम्पन्न गरेको छ।

सो प्रतियोगितामा  चितवन तथा नवलपरासी का बिभिन्न  कलेजहरुले भाग लिएका थिए । सो प्रतियोगिता को विजयी विद्यार्थीहरु लाई पुरस्कार वितरण कार्यक्रम को सभापतित्व फेस्ट कोअर्डिनेटर योगेन्द्र मण्डलले गर्नु भएको थियो भने प्रमुख अतिथी कलेजका सहायक प्राचार्य हुनुहुन्थ्यो। कार्यक्रम संचालन ई. सुलभ अधिकारी ले गर्नु भएको थियो भने स्वागत मन्तव्य ई. दिवस मैनाली ले राख्नु भएको थियो।

 सो प्रतियोगिता मा क्वीज तर्फ क्रिष्टल कलेज प्रथम, वाल्मीकि कलेज द्वितीय र सनराइज कलेज तृतीय भएको थियो भने कुलिनरी कुकिङ तर्फ अक्सफोर्ड कलेज प्रथम, अरोमा कलेज द्वितीय र वालविकास कलेज तृतीय भएको थियो। तेस्तै साइबर सेक्युरिटी विषयमा भएको पावर पोइन्ट प्रीजेन्टेसन मा न्यु क्यापिटल कलेज प्रथम, अरोमा कलेज द्वितीय र सनराइज कलेज तृतीय भएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal