मन्टेश्वरी दर्ता गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका स्थानीय तहलाई मन्टेश्वरीलाई अनुमति दिएरमात्र सञ्चालन गर्न दिनू भनेको छ । 

विगतमा वडा कार्यालयले मन्टेश्वरीलाई सञ्चालन अनुमति दिने गरेका थिए । देशभरि मन्टेश्वरी कति छन् र यिनमा कति बालबालिका भर्ना भएका छन् भन्ने केन्द्रलाई अत्तोपत्तो छैन । वडा कार्यालयले अनुमति दिएपछि जिल्लास्तरीय शिक्षा निकाय वा केन्द्रलाई कुनै जानकारी नै दिँदैन थिए ।

केन्द्रले परिपत्र जारी गरी मन्टेश्वरीले अनुमति लिए नलिएको अनुगमन गर्न र नलिएको पाइएमा अनुमति लिएरमात्र सञ्चालन गर्न दिनू भनेर उल्लेख गरेको छ ।

साथै केन्द्रले मन्टेश्वरीका बारेमा सम्पूर्ण विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा पठाउन पनि भनेको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज सार्वजनिक गरेको बाल मनोविज्ञान तथा व्यवहार विकाससम्बन्धी सहयोगी पुस्तिकाको विमोचन गर्दै केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सबै विवरण पठाउनैपर्ने भनिएको भन्दै अब मन्टेश्वरीलाई नियमन गर्नु जरुरी भएको बताए ।

कार्यक्रममा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले प्रारम्भिक बाल विकासमा लगानी बढाउनु जरुरी देखिएको बताए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal