उच्च शिक्षा प्रदायक संस्थाले नेशनल रजिष्ट्रीमा दर्ता हुनुपर्ने

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा प्रदायक संस्थाहरूको नेशनल रजिष्ट्री दर्ता गर्ने भएको छ । नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरूको हालसम्म राष्ट्रिय स्तरमा दर्ता तथा औपचारिक अभिलेखकरणको व्यवस्था नभएकाले आयोगले छुट्टै पहिचान दिने भएको हो ।

उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको प्रोफाईल तयार पारी आवधिक रूपमा अद्यावधिक गर्ने र समग्र सूचनालाई एकिकृत प्रणालीमा ल्याउने आयोगको २०७८ पुस १९ को निर्णयानुसार सम्पूर्ण उच्च शैक्षिक संस्थाहरू (केन्द्रीय क्याम्पस–आंगिक–सामुदायिक–निजी–गुठी) तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालभित्र सञ्चालित संस्थाहरूलाई भदौ मसान्तभित्र नेशनल रजिष्ट्रीमा दर्ता हुन आयोगले निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal