त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर  ?

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका व्यक्तिको बारेमा प्रश्न गरेका छन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बौद्धिक चोरी गर्ने व्यक्तिलाई कति नम्बर दिएर सर्टलिस्टमा राखेको भन्दै प्रश्न गरेकी छन् । 

उपकुलपति छनोट समिति सदस्यसमेत रहेका शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सांसद कार्कीले प्रश्न गरेकी हुन् । ‘सिफारिस समितिले योग्यताको आधारमा छनोट गरेको भनेको छ । त्यसरी छनोट गर्दा बौद्धिक चोरीलाई कति नम्बर दिएको हो ?’ त्रिविको नेतृत्वमा रहेको बेला भ्रष्टाचार तथा अनियमितता गरेकोलाई सकारात्मक नम्बर दिएको कि नकरात्मक दिएर १४ जनाको सूचीमा सामेल गराएको उनेले सोधिन् । 

Degrees offered in nepal
Counseling
Bachelors Portal