छात्रावास अभिलेखीकरण एक महिना भित्र गरीसक्नु पर्ने

काठमाडौं महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनु पर्ने भएके छ ।

महानगरपालिका शिक्षा विभागले आज एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूले निर्धारित समयमा आवश्यक कागजात पेस गर्न आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिका छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८० बमोजिम ३० दिनभित्र अभिलेखीकरण हुन, शिक्षा विभागमा कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal