राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि निर्देशन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै भौतिक पूर्वाधार निर्माण र आइसीटी ल्याब निमार्ण कार्यक्रम कार्यान्वयन प्रक्रिया सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रले हरेक महिना कार्य प्रगति प्रतिवेदन सम्बन्धित स्थानीय तहमा पेस गर्नु पर्ने र स्थानीय तहले त्रैमासिक रुपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले प्रगति विवरण तयार गरी केन्द्रमा  पठाउन निर्देशन दिएको छ ।

स्थानीयले दुइ कोठे भवन निर्माणका लागि तराईमा भए २२ लाख ५० हजार, पहाडमा भए २५ लाख र हिमालमा भए २७ लाख ५० हजारका दरले र चारकोठे भवन निर्माणका लागि  तराईमा भए ४५लाख, पहाडमा भए ५० लाख र हिमालमा भए ५५ लाखका दरले विद्यालयलाई निकास दिने सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal