गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

गल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

नगरपालिका भित्रका  गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कबापत एक वर्षको जनही १० हजार आठ सय प्रदान गर्ने निर्णय गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले बताए।त्यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही तीन हजार छ सय उपलब्ध गराउ निर्णय गरेको छ।

‘नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ’, उनले भने, ‘यस वर्ष क्याम्पस तहमा अध्ययनरत ७८ जनाको मासिक शुल्क , कक्षा ११ र १२ मा अध्ययनरत १३६ जनालाई छात्रवृत्ति उपलब्ध गराएका हौँ।’

नगरपालिकाले यो वर्ष २१४ जनालाई मासिक शुल्क तथा छात्रवृत्तिसहित  रु १३ लाख आठ सय प्रदान गरेको छ । ‘विद्यार्थीले दिएका आवेदन उपर छानबिन गरी सम्बन्धित विद्यालयले पालिकामा सिफारिस गर्छ’, उनले भने, ‘वास्तविक विद्यार्थी छनोट गरी छात्रवृत्ति तथा मासिक शुल्क पालिकाबाट उपलब्ध गराउँछौँ।’

‘विसं २०७९ मा नगरप्रमुखमा निर्वाचित भएर आइसकेपछि पदभार ग्रहण गर्दा कै बखतमा निर्णय गरिएको थियो’, उनले भने, ‘सोही निर्णयको कार्यान्वयन गर्दै क्याम्पस तथा सामुदायिक विद्यालयका अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क तथा छात्रवृत्ति उपलब्ध गराएका हौँ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal