श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापना

हेटौँडा क्याम्पसमा श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । क्याम्पसमा रु. १० लाख राशिको कोष स्थापना गरिएको हो ।

शर्माले क्याम्पस स्थापना कालदेखि गरेको अनवरत संघर्षको उच्च मूल्याङ्कन गर्दै उनको समझना स्वरुप कोष स्थापना गरिएको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिए ।

शर्मा स्थापनकाल देखि २८ वर्षसम्म व्यवस्थापनको सदस्य तथा अध्यक्षको जिम्मेबारी निर्वाह गरेको प्रमुख मानन्धरले जानकारी दिए क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले उनको योगदानको उच्च कदर गर्दै कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

कोष सञ्चालन कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal