महिना भित्र बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने (नाम परिवर्तन र कार्यक्रम थपका लागि आवेदन दिने कलेजसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाहरुको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूले वार्षिक प्रतिवेदन माघ महिना भित्र पेस गर्न निदशन दिएका छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०५९ बमोजिम अनुमति लिई सञ्चालनमा रहेका कलेजहरूलाई थप व्यवस्थित र प्रभावकारी तवरबाट सञ्चालन गर्न  गर्न मन्त्रालयको कार्तिक ५ को  मन्त्री स्तरीय निर्णय कार्यान्वयन गर्न यस्तो निर्देशन दिएको छ ।

साथै मन्त्रालयले ती शिक्षण संस्थालाई तीन वर्षभित्र क्युएए लिइसक्नु पर्ने जनाएको छ ।

मन्त्रालयले क्युएए नलिएका शिक्षण संस्थाले तत्काल प्रक्रिया सुरु गरी विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरूले एक वर्ष भित्र अनिवार्य रूपमा अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्नु पर्ने मन्त्रालयले जारी गरेको सूच्नामा उल्लेख छ ।

प्रत्येक शिक्षण संस्थाले छुट्टा छुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गरी निजहरूको सम्पर्क नम्वर सहितको नाम नामेसी विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

यसका साथै मन्त्रालयमा विदेशी कार्यक्रम सञ्चालन गर्ने ६ ओटा शिक्षण संस्थाले नाम स्थान,कार्यक्रम परिवर्तन गर्न आवेदन दिएका छन् ।

नाम तथा स्थान परिवर्तनका लागि आवेदन दिने शिक्षण संस्थाहरु

त्यसैगरी आर्थिक वर्ष २०८१–८२ मा १४, आव २०८०–८१ मा १६, आव २०७९–८० मा १७, आव २०७८–७९ मा ७ ओटा कलेजले कार्यक्रम थपका लागि आवेदन दिएका छन् ।

चार वर्षमा कार्यक्रम थपका लागि आवेदन दिने कलेज

Degrees offered in nepal
Counseling
Bachelors Portal