पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुर्खेतद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले पढ्दापढ्दै रोजगारीको सिर्जना हुने शिक्षा प्रणाली मुलुकमा आवश्यक भएको बताउनुभयो । “हाम्रो माटो, हावापानी र आवश्यकताअनुसारको पाठ्यक्रम बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “उत्पादन र आर्थिक विकासमा योगदान दिने शिक्षा लागू हुन सके मात्र देश लक्षित गन्तव्यमा पुग्न सक्छ ।”

निजी क्षेत्रको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी गर्ने गर्ने निजी कम्पनीलाई १० वर्षसम्म प्रदेशले कर छुट गर्ने नीति लिएको प्रष्ट्याउनुभयो । निजी क्षेत्रसँगको समन्वयलाई निकट बनाउने र यहाँ लगानी गर्ने निजी क्षेत्रलाई हार्दिकताका साथ स्वागत गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “समृद्धि शब्द अहिले मन्त्र जस्तो भएको छ । यो जपेर मुलुकको विकास हुँदैन । समृद्धिमा पुग्ने बलियो आधार, दिगो सोच र राजनैतिक योजना तयार गर्न जरुरी छ ।”

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय महासचिव कुमार घिमिरेले सरकारले लिएको शैक्षिक नीतिमा प्याब्सनले सहयोग गर्दै आएको दाबी गर्नुभयो । शिक्षाले मात्र मुलुकमा योग्य जनशक्ति उत्पादन हुने र समृद्धिमा सहयोग पुग्ने जनाउँदै महासचिव घिमिरेले यसको बृहत्तर विकासका लागि राज्यले शिक्षामा अधिकतम लगानी गर्नुपर्ने औँल्याउनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal