सरुवा र बढुवाका लागि सोर्सफोर्स प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ नलाउन आग्रह गरेकी छन् । 

उनको नाम लिएर वा साइनो लगाएर कसैले पनि नियुक्ति, सरुवा बढुवा र भर्ना वा छात्रवृत्ति पाउने जस्ता कार्य नगर्न आग्रह गरेकी हुन् ।उनले सामाजिक सञ्जाल मार्फत, ‘यदी कसैले पनि त्यसो गरेको पाइए अनुसन्धान गरेर तत्काल कारबाही गर्ने बताएकी छन् । साथै नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने’ समेत चेतावनी दिएकी छिन् ।

त्यसैगरी कहीँ कतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै उनलाई खबर गरे निर्ममतापूर्वक कारबाही हुने चेतावनी दिएकी छिन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal