थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णय

थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णय

त्रिभुवन विश्वविद्यालयले शोधपत्र (थेसिस) बुझाउन बाँकी रहेका विद्यार्थीलाई बुझाउने अवसर दिने निर्णय गरेको छ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले सन् २०२० अघि रजिस्ट्रेसन भएका वार्षिक तथा सेमेस्टर प्रणालीका कार्यक्रममा अध्ययन पूरा गरी परीक्षा उत्तीर्ण गरेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीलाई यस्तो अवसर दिने निर्णय गरेको हो।

प्राज्ञिक परिषद्को कार्यालयका अनुसार सम्बन्धित विद्यार्थीले २०८३ असार मसान्तसम्म आफ्नो शोधपत्र सम्बन्धित डीन कार्यालयमा बुझाउन सक्नेछन्। विभिन्न कारणले अध्ययन पूरा गरे पनि शोधपत्र बुझाउन नसकेका विद्यार्थीलाई यस निर्णयबाट लाभ पुग्ने कार्यालयले विश्वास गरेको छ।