दाता र शिक्षा मन्त्रीविच शिष्टाचार भेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विकास साझेदारहरूबिच शिष्टाचार भेट गरेका छन् ।

 विद्यालय शिक्षा क्षेत्र योजनाका दाताहरुसंग मन्त्री भट्टराईले आज भेट गरेकी हुन् ।

भेटका क्रममा नेपालका लागि नर्वेजियन राजदूत टोरुन ड्राम्डाले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताए ।

राजदूत ड्राम्डाको नेतृत्वमा एडीबी, यूएस आईडी, युनिसेफ, यूरोपियन युनियन, वल्र्ड बैंक, जीपीईका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

संयुक्त वित्तीय साझेदारहरु तथा प्रतिनिधिसंग नेपालको शिक्षा क्षेत्रमा गरेको सहायताको मन्त्री भट्टराईले प्रशंसा गरिन् ।

अन्य विकास साझेदारहरूको तर्फबाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसंग संयुक्त रूपमा सहकार्य गर्ने बताइन् ।

नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू प्राथमिकतामा राख्न अनुरोध गरिन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal