सिल्भर माउन्टेनको दीक्षान्त समारोह सम्पन्न

सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले आज १७ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । 

दीक्षान्त समारोहमा ब्याचलर अफ आर्टस इन इन्टरनेसनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बीए–आईएचटीएम) का ११४ विद्यार्थी सहभागी भए । डिप्लोमा इन कुलिनरी आर्टस (डीआईसीए)का १४ विद्यार्थी पनि दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टका अध्यक्ष तथा संस्थापक प्रिन्सिपल समीर थापाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सो संस्थाले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेको दावी गरे ।

होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले अतिथि सत्कारका क्षेत्रमा नेपाललाई अझै ठूलो जनशक्ति आवश्यक पर्ने बताए ।

क्विन मार्गरेट विश्वविद्यालय बेलायतका सहायक निमित्त प्रमुख थोमस पेस्केन होल्टले एमबीए इन हस्पिटालिटी कार्यक्रमले विद्यार्थीमा उत्साह जागृत हुने बताउँदै होटेल व्यवस्थापनका क्षेत्रमा रोजगारीका अवसर पर्याप्त रहेको धारणा व्यक्त गरे ।

क्विन मार्गरेट विश्वविद्यालयका उपकुलपति तथा प्रिन्सिपल सर पाउल ग्रिसले मिहिनेत, लगन र सफलताले विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए ।

सोही अवसरमा सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले एमबीए (हस्पिटालिटी) शैक्षिक कार्यक्रमको थालनी गरिएको घोषणा गरेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal