प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सकेर त्रुटि अध्ययन गरिरहेको जनाएको छ ।

बोर्ड उच्च स्रोतका अनुसार प्राविधिक कठिनाइ नआए भोलि नै नतिजा सार्वजनिक हुने छ । प्रँविधिमा समस्या आएमा पर्सीसम नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।

बोर्डले गत वैशाख १४ शुक्रबारदेखि २४ गते सोमबारसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा पाँच हजार ५४२ विद्यालयका चार लाख ९१ हजार ४९७  विद्यार्थी सहभागी थिए ।

जापानको एक परीक्षा केन्द्र सहित एक हजार ५२६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष पहिलो पटक बोर्डले स्वचालित छनोट प्रणालीको प्रयोग गरी परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो।

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशन हुने बोर्डले जनाएको छ ।

बोर्डले परीक्षामा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल हुने जनाएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal