बार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को नतिजा सार्वजनिक हुन्छः अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल  बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको कार्य सकेर  पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सुरु गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक कठिनाइ नआएका कार्यतालिका अनुसार साउनको तेस्रो साता नै नतिजा सार्वजनिक हुने छ ।

गत वैशाख १४ शुक्रबारदेखि २४ गते सोमबारसम्म सञ्चालन गरिएको थियो । सो परीक्षामा पाँच हजार ५४२ विद्यालयका ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । जापानको एक परीक्षा केन्द्र सहित  एक हजार ५२६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष पहिलो पटक बोर्डले स्वचालित छनोट प्रणालीको प्रयोग गरी परीक्षा केन्द्र निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो।

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अध्यक्ष शर्माले बताए ।  प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल हुनेछन् । कक्षा १० मा यो वर्ष बाट लागु भएको निर्देशिका कक्षा १२ मा भने २०७८ बाटै कार्यान्वयनमा आएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal