इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा नगर प्रमुख थारु सम्मानित

हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु (कबिर) लाई सम्मान गरेको छ ।

प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई आज एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो ।

प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विपन्न दलित ७, सिमान्तकृत र लोपोन्मुख २, सहिद वेपत्ता तथा घाईते परिवारका सन्तति १० जनालाई छात्रवृत्तिको घोषणा लगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । त्यसैगरी वनविज्ञान कार्यक्रममा १५ जनालाई पूर्ण छात्रवृत्ति, ८ जनालाई  ७५  प्रतिशत र ३ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।  

प्रमुख थारु स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित नगरप्रमुख हुन् । पालिका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट ६ वटा विषय सञ्चालनको स्वीकृतमा बसेको छ । पालिकाका विद्यार्थी शिक्षाका लागि अन्यत्र जानु नपरोस् भनेर नगरपालिका तथा संघीय सरकारको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएका छन् ।

यसका अलावा अनिवार्य आधारभूत शिक्षा सुनिश्चिता घोषणा २०७५ साल आषाढ २८ मा गरिसकेको छ । जनता सँग मेयर कार्यक्रम अन्तरगत बालबालिका संरक्षण केन्द्र सिम्हा मावि बेलभारमा सञ्चालन गरिएको सो केन्द्रमा अभिभावक विहिन, सडक वालवालिका र आर्थिक रुपले विपन्न २३ जना बालबालिकालाई संरक्षण सहित शिक्षा प्रदान, पन्च वर्षीय नगर शिक्षा योजना तयार गरी कार्यान्वय जस्ता कार्य गरेको हुनाले सम्मान गरिएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal