नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रधानाध्यापक कँडेल विरुद्ध आरोपपत्र दायर

चितवनको कालिका नगरपालिकास्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद काँडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार बीएस्सीको कीर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा सो प्रमाणित भएको पाइएको छ ।

प्रधानाध्यापक डा. कँडेलले निमावि तृतीय तहमा स्थायी नियुक्ति हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आईएस्सी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय, कानपुर भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकोले शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐनअनुसार सजाय हुन मागदावी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal