त्रिविको नियमित परीक्षालाई व्यवस्थित गर्न सीसीक्यामेरा

वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रमा सीसीक्यामेरा जडान गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा केन्द्रलाई निर्देशन दिएको छ ।

नियमित परीक्षालाई थप विश्वसनीय तथा व्यवस्थित बनाउने र कक्षालाई टाढैबाट मनिटरिङ गर्ने उद्देश्यले परीक्षा केन्द्रमा सीसीक्यामेरा जडान गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले निर्देशन दिएको हो ।

पनिकाले वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरुलाई आगामी चैत्र २० गते भित्र परीक्षा संचालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसीक्यामरा जडान गर्न निर्देशन दिइसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

‘परीक्षाको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई दिई आगामी दिनमा परीक्षा सोही अनुसार सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।’ नियन्त्रक जोशी भन्छन्, ‘उक्त प्रक्रिया पुरा नगरी परीक्षा सञ्चालन गर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाको लागि परीक्षा केन्द्रबाट वञ्चित गर्ने त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले निर्णय गरिसकेको हुँदा सोही अनुसार गर्न निर्देशन दिइएको हो ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal