पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)

काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।

चालु शैक्षिक सत्रबाट थालिएको यो कार्यक्रम अन्तर्गत कक्षा ९ र १० मा शिक्षामा सिप सञ्चालन हुने सामुदायिक विद्यालय  छनोट गर्नुपर्ने छ।

महानगरभित्रका ५६ ओटा माध्यमिक विद्यालयलाई कार्यक्रम छनोटका लागि सूचना जारी गरेको छ । अन्य  कक्षामा पुस्तक विहीन शुक्रवार अन्तर्गतका अन्य कार्यक्रमहरू सञ्चालन भइरहेको महानगरपालिकाले जानकारी दियो । हाल महानगर भित्र ८९ वटा विद्यालय सञ्चालनमा छन् ।  

शैक्षिक सत्र २०८० देखि महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ र १०) मा ‘छोटो अवधिको सिपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा प्राविधिक क्षेत्रमा स्वरोजगार उत्पादन गर्ने लक्ष्यले महानगरले यो कार्यक्रमको थालनी गरेको हो ।

महानगररले ९० घण्टे तालिमका लागि १० ओटा विषय छनोट गरेको छ ।  कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय रहेका छन् ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाकाअनुसार, प्रशिक्षकले निर्धारित पाठ्यक्रममा आफैँ प्रशिक्षण प्रदान गर्नुपर्ने । एउटा सूचीकृत हुने अर्कोलाई तालिम दिन पठाउन पाइँदैन ।

१० वटा विधा मध्य कला र मूर्तिकला विधा तालिमका लागि महानरपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान बिच सम्झौता भइसकेकाले वाकी ९ वटा विधाको लागि मात्रै सूचीकृत हुन पाइने महानगरले जानकारी दियो ।

कार्यक्रम छनोट भएका विद्यालय

Degrees offered in nepal
Counseling
Bachelors Portal