प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका २०० जनालाई विशेष छात्रवृत्ति प्रदान गर्न आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रालाई प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा निःशुल्क अध्ययनका लागि विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० वटा स्थानीय तहका छात्रछात्राहरूबाट निर्धारित कोटामा प्रि–डिप्लोमा तहमा ८० जना र डिप्लोमा तहमा १२० जना गरी जम्मा २०० जनालाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।इच्छुक छात्रछात्राले आजदेखि भदौ ०८ गते शुक्रबारसम्ममा आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

आवेदन फाराम शुल्क निःशुल्क हुने र  प्रवेश परीक्षा भदौ १६ गते शनिबार बिहान ११ः०० बजे सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।  परीक्षार्थीहरूले आफ्नो पालिका भएको प्रदेशमा मात्र आवेदन फाराम बुझाउनुपर्नेछ । अन्य प्रदेशमा बुझाइएको पाइएमा आवेदन फाराम स्वतः रद्द हुनेछ ।

 कोशी प्रदेशः इटहरी,  मधेश प्रदेशः जनकपुर,  बागमती प्रदेशः काठमाडौँ,  गण्डकी प्रदेशः पोखरा,  लुम्बिनी प्रदेशः बुटवल, कर्णाली प्रदेशः सुर्खेत र सुदूरपश्चिम प्रदेशः धनगढीमा प्रवेश परीक्षा सञ्चालन हुने सूच्नामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal