केयूको उपकुलपतिका लागि दरखास्त आव्हान

काठमाडौं विश्वविद्यालयमा पहिलो पटक उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरिएको छ ।

विश्वविद्यालय  सभाले पहिलो पटक उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गर्ने निर्णय गरसंगै हिजो सार्वजनिक सूचना मार्फत खरखास्त आव्हान गरिएको हो ।

सभाले गठन गरेको समितिका अध्यक्षको वैयक्तिक मेलमा इच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण पुस २७ गते भित्र पठाउन हिजो निर्णय गरेको हो ।विश्वविद्यालय  सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सहितको समिति  ३ सदस्यीय समिति गठन गरेको  थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal