तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले  तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।

विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक ३०  (सन् २०२१ सेप्टेम्बर १७ देखि सन् २०२२ नोभेम्बर १६) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूबाट आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, महेन्द्रनगर, कञ्चनपुर र तोकिएका क्याम्पसमा आगुन ९ गते मंगलबार देखि चैत ९ गते बिहिबार सम्ममा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal