विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन माग

विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा छुट्र्ट विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेका छन् ।

इण्डोनेशियान सरकारको उच्च शिक्षा, अनुसन्धान तथा प्रविधि महानिर्देशनालयले केएनबी स्कलरसिप अन्तर्गत नेपाली विद्यार्थीहरुको लागि विभिन्न विषयमा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

ढाकास्थित इण्डोनेशियन राजदुतावासको १५ जनवरी २०२३ को पत्र अनुसार सो छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिले १८ फेब्रुअरी २०२३ सम्ममा आवेदन दिनु पर्ने छ ।

विद्यार्थीले आवश्यक जानकारी वेभसाइट https:knb.kemendikbud.go.id बाट लिइ आवेदन दिन सक्ने भएकोले छात्रवृत्तिमा आवेदन दिन सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

चीनको टेसुङ्घम विश्वविद्यालयले मास्टर्स प्रोग्राम न्युक्लियर इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा विदेशी विद्यार्थीको लागि आवेदन खुला गरेको छ।

त्यसैगरी टर्की सरकारले विदेशी विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति खुला गरेको छ ।

टर्की छात्रवृत्ति कार्यक्रम २०२३ का लागि आवेदन खुलेकाले सम्वन्धित शैक्षिक संस्थाहरुलाई जानकारी गराईदिनका लागि अनुरोध गर्दै नयाँदिल्ली स्थित टर्कीको राजदुतावासले २० फेब्रुअरी २०२३ भित्र आवेदन दिनु पर्ने छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal