विद्यार्थी भर्ना सम्बन्धि सूचना : विश्वभाषा क्याम्पस

त्रिभुवन विश्वविद्यालय, विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं 

विद्यार्थी भर्ना सम्बन्धि सूचना यस क्याम्पसको वर्षे सत्र २०७६ साउन २१ गतेदेखि कक्षा संचालन हने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानी, रुसी, इटालियन, कोरियन, अरेबिक, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुमा नयाँ भर्नाको लागि फारम खुला गरिएको छ ।

यी मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले तोकिएको समयभित्र आवेदन फारम भरी क्याम्पसमा प्रकाशित सूचना अनुसार भर्ना हुन सूचित गरिन्छ ।

१. न्यूनतम जानकारीः 

क) फारम लिने र बुझाउने समयः २०७६ असार १८ देखि २७ गते (बिहान ११:०० देखि दिउँसो २:०० बजे) सम्म 

ख) आवश्यक न्यूनतम शैक्षिक योग्यताः अंग्रेजी लेखन बाहेक सबै भाषाको लागि एस. एल. सी. वा एस. ई. ई. मा कम्तीमा c Grade प्राप्त वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने

ग) अंग्रेजी लेखनको लागि त्रि. वि. बाट स्नातक वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने 

घ) आवेदन फारम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्ने 

२. माथी दिइएका भाषाहरुको दोस्रो देखि माथिका सेमेष्टरको भर्ना २०७६ श्रावण १५ देखि २३ गते सम्म हुनेछ

३. लेभल टेष्ट (Level Test) को दोश्रो र तेस्रो सेमेष्ट्ररको लागि मात्र) फारम वितरण २०७६ श्रावण १५ गते देखि १९ गते सम्म र परीक्षा २०७६ श्रावण २१ मा हुनेछ साथै उत्तीर्ण गरेका विद्यार्थीहरुको भर्ना २०७६ श्रावण २३ र २४ गते हुनेछ थप जानकारीको लागि क्याम्पस प्रशासन शाखामा सम्पर्क गर्न सकिने छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal