सीटीइभीटीको सदस्य सचिवमा भट्टराई नियुक्त

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भट्टराईलाई नियुक्ति गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराई सहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल,  क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो । सदस्य सचिवमा आठ जनाले कार्य योजना पेस गरेर अन्तरवार्ता दिएका थिए । 

जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिए पछि सीटीइभीटीको सदस्य सचिव पद रिक्त थियो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal