बझाङमा बिएड र बिबिएसका कक्षा सञ्चालन हुने

सुदुरपश्चिम विश्वविद्यालयले बझाङमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले दुर्गामहालिङ्ग माध्यमिक विद्यालय चौकामा  मणिग्राम बहुमुखी क्याम्पस स्थापनाको तयारी थालेको हो ।

क्याम्पस सञ्चालनका लागि विद्यालयको भौतिक संरचना प्रयोग गर्ने सम्झौता भएको प्रस्तावित मणिग्राम बहुमुखी क्याम्पस का  क्याम्पस प्रमुख लिलाधर ओझाले जानकारी दिए।

सुदूरपश्चिमको दुर्गम गाउँमा स्थानीय शिक्षाप्रेमी समाजसेवी तथा  अभिभावकको पहलमा क्याम्पस सञ्चालनको तयारी थालिएको प्रमुख ओझाले बताए ।

प्रमुख ओझाका अनुसार उक्त क्याम्पसमा पहिलो वर्ष बी एड र बिबिएस कार्यक्रम्का लागि विश्वविद्यालयबाट सम्बन्धन लिने तयारी अन्तिम चरणमा पुगेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal