सीटीईभीटीको उपाध्यक्षमा बराल नियुक्त

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा ओमप्रसाद बराल नियुक्त गरिएको छ ।  मन्त्रिपरिषदको हिजोको बैठकले बराललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नवनियुक्त बराल  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । कास्की घर भएका उनले पृथ्वीनारायण क्याम्पसमा  लामो समय प्राध्यापकको रुपमा काम गरिसकेका छन् । भने उनी  त्रिविको अनुगमन निर्देशनालयमा निर्देशकको जिम्मेबारी समेत सम्हालिसकेका व्यक्ति हुन् ।

तत्कालीन उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको असार १ गते कार्यकाल सकिएको थियो । त्यसपछि उपाध्यक्ष नियुक्तिका लागि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर दरखास्त आव्ह्रान गरेको थियो ।

 डा.खेमराज जोशी, टैलेन्द्र आचार्य, ओम प्रसाद बराल, डा कुमार भट्ट, राज बहादुर गिरी, भुवनेश्वर दुगाना, मिस्टरकान्त मैनाmी, जीव नारायण काफ्ले, हरि शंकर प्रसाद साह, डा. ज्ञान बहादुर थापा, डा। महेन्द्र प्रसाद भट्ट, सौरभराम जोशी बिमला भट्टले आवेदन दिएका थिए ।

 एक सय पूर्णाङक निर्धारण गरेर तय गरिएको मूल्याङ्कनमा  व्यक्तिगत विवरण सहित योजना र सोचपत्र आधारमा राष्ट्रिय योजना आयोगका सदस्य संयोजकत्वको छनोट तथा सिफारिस समितिले मुल्याङ्कन गरी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आवेदन दिनेमा  दुई जना बहालवाला कर्मचारी  र चारजना पूर्व कर्मचारी रहेका थिए ।

उपाध्यक्ष हुन राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको हुनुपर्ने  निर्देशिका मन्त्रालयले बनाएको थियो ।

उपाध्यक्षका उम्मेदवारले सीटीईभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेस गर्नु पर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

उपाध्यका लागि स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनका लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने व्यवस्था छ ।

उपध्यक्षको कार्यकाल चार वर्षको हुने छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal