स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारमको समयावधी थप : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु

विशेष सूचना स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप सम्बन्धमा |

देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण बाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय २०७६ साल साउन ०५ गते सम्मलाई थप गरीएको छ साथै उक्त फारमहरु नियमित तथा आंशिक परीक्षार्थीहरूले आ-आफ्नो क्याम्पस/ कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाइ सक्नु पर्नेछ । मिति २०७६ साल साउन ०६ गते देखि साउन १२ गते सम्ममा दोब्बर दस्तुर (साधारण म्याद सकिएको एक हप्ता भित्र) २०७६ साउन १४ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भरि सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal