वैदेशिक रोजगारी छात्रवृत्ति योजनाका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने

वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन माग गरेको छ ।

सचिवालयले आगामी पुस मसान्त भित्र सम्बन्धित स्थानीय तहबाट सिफारिस सहित आवेदन माग गरेको हो ।

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम पुस  मसान्तभित्र सचिवालयमा आवेदन पठाउन निर्देशन दिएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष मुनीका बालबालिकाको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal