चिकित्सा शिक्षा स्नातक तहमा आवेदन भरेका सबैले प्रवेश परीक्षा दिन पाउने

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरूलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना ।

चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि भोलिदेखि हुने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन भरेका सबैलाई परीक्षा दिन दिने भएको छ ।

चिकित्सा शिक्षा आयोगबाट प्रकाशित सूचनाबमोजिम अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरूलाई सम्मानित उच्च अदालत पाटनको अन्तरिम आदेश समेतका आधारमा परीक्षामा सहभागी गराउने भएकाृ हो ।

आवेदन भरेका उम्मेदवारहरूको बृहत्तर हितलाई ध्यानमा राखी आयोगको शैक्षिक क्यालेण्डर बमोजिम एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन पूर्व योग्यता पुरा गरेको प्रमाण पेश गरेमा मात्र एकीकृत प्रवेश परीक्षाको नतिजामा समावेश गराइने शर्तमा हाललाई एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal