मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत, र बास्क कन्ट्री विश्वविद्यालय, स्पेन बिच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया ईभा फेरेरिया गार्सियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फोटोः मध्यपश्चिम विश्वविद्यालय

दुई विश्वविद्यालय बिच अनुभव तथा वैज्ञानिक ज्ञान आदान प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको वृतिविकास मार्फत समाज सेवामा योगदान दिनु यस सम्झौताको उद्देश्य रहको कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

दुइ राष्ट्र बिच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने दुबै विश्वविद्यालयको चाहना रहेको छ भने दुइटै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु आदान प्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गर्ने भएको छ ।

यो सम्झौता कार्यन्वयनका लागि मध्यपश्चिम विश्वविद्यालय तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्री विश्वविद्यालयका तर्फबाट अन्तरराष्ट्रिय सम्बन्ध भाइस रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा रहेका छ्न। पाँच खण्ड सहितको उक्त सम्झौता पत्रमा आम प्रावधान, स्नातक विद्यार्थीहरु बारे व्यवस्था, स्नातकोत्तर विद्यार्थी र संकाय, सम्झौता कार्यान्वयन तथा अवधि, सम्झौता हस्ताक्षर तथा विभिन्न अनुसूची रहेका छन् ।

यो सम्झौताको सुरुको अवधि चार वर्षको रहेको छ । भने त्यसपछि पुनः नवीकरण हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ। सम्झौता पत्रमा उल्लेख भए अनुसार शैक्षिक सत्र २०२२-२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान(प्रदान हुनेछन । यो सम्झौता लागु भए पश्चात दुइ विश्वविद्यालय तथा देश बिच प्राध्यापक तथा विद्यार्थी आदान-प्रदान भई सुमधुर सम्बन्ध विस्तार हुने साथै प्राध्यापक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal