लिट्टिल एन्जेल्सको ४० औँ स्थापना दिवस

ललितपुर । लिट्टिल एन्जेल्स स्कुलले आज ४० औँ स्थापना दिवस मनाएको छ । 

पुल्चोकमा एउटा भाडाको घरमा २०३७ सालको सरस्वति पूजाका दिनमा सो स्कुल स्थापना भएको हो । पहिलो वर्ष ६५ जना विद्यार्थी भर्ना भएकोमा अहिले कक्षा १ देखि १० सम्ममा चार हजार सात सय विद्यार्थी अध्ययनरत छन् । विगत १८ वर्षदेखि प्रवेशिका परीक्षामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी हुँदै आएका छन् । अहिले नेपालकै ठूलामध्येको विद्यालयका रुपमा सो स्कुलको गणना हुने गरेको छ ।

सङ्घीय सांसद तथा लिट्टिल एन्जेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठले स्कुल सुरु गर्दा आफूले घरघरमा गएर विद्यार्थी ल्याउनु परेको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने गरिएकाले विद्यार्थी तथा अभिभावकको आकर्षक बन्न पुगेको बताए ।

स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले बर्सेनि पाँच सयभन्दा बढी विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराउनुले विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएको पुष्टि भएको तर्क गरे ।

स्कुलका निर्देशक राजेश श्रेष्ठले स्कुललाई विश्वविद्यालयका रुपमा विकास गर्ने परिकल्पना छिटै साकार पार्न आफूहरु प्रयत्नरत रहेको उल्लेख गरे । कार्यक्रममा ५८ जना पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal